बन्ने भयो फिल्म ‘बकम्फुसे राजा’, भारतमा छायाङ्कन गरिने !

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी प्रकाश सुवेदीको निर्देशनमा चलचित्र ‘बकम्फुसे राजा’ बन्ने भएको छ । राजधानीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको निर्माण घोषणा गरिएको थिए । जन्मदिनमा चलचित्र निर्माण घोषणासँगै नयाँ ब्यानरको शुभारम्भ गरिएको छ । सुवेदी फिल्मस्को ब्यानरबाट बन्ने चलचित्रमा लगानी अस्ट्रेलियामा बसोबास गरिरहेका गणेश सुवेदी गर्दै छन् ।

फिल्म कमेडी जनराको बन्ने निर्देशक सुवेदीले जानकारी दिए । पत्रकारितामा करिब करिब तीन दशक बिताइसकेका प्रकाश सुवेदीले यसअघि ‘हर्के हवल्दार’, ‘रिसानी माफ पाउँ’ लगायतका केही टेलिफिल्महरुलाई निर्देशन गरिसकेका छन् । यो फिल्ममा छायाङ्कन विष्णु कल्पितको रहने छ भने सङ्गीत अर्जुन पोखरेलको रहने छ ।

त्यस्तै फिल्ममा कथा सुनिल श्रेष्ठको रहने छ । फिल्ममा कलाकारहरू को रहनेछन् भन्ने खुलाइएको छैन तर बुझिए अनुसार फिल्ममा अभिनेत्री वर्षा राउत मुख्य भूमिकामा देखिँदै छिन् । त्यस्तै कलाकार विल्सन विक्रम राई पनि यसमा फिल्ममा मुख्य भूमिकामा देखिन्दैछन् । यो फिल्मको अधिकांश छायाङ्कन भारतमा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.