इतिहासमा आजः अमेरिकन चर्चित अभिनेत्रीको रहस्यमय मृत्यु देखि हिरोसिमामा आणविक बम प्रहारसम्म

काठमाडौं । आज ६ अगष्ट २०१८ । यसै ५ र ६ अगष्टमा विश्वमा केही चर्चित घटना तथा सम्झौताहरु भएका छन् । हामीले तपाईलाई विश्वमा अगष्ट ५ र ६ तारिखका दिन भएका केही चर्चित घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।

अगष्ट ५ र ६ तारिखलाई बुँदागत रुपमा प्रस्तुत गर्दा

अगस्त -५

१. सन् १८९० को अगष्ट ५ तारिखका दिन ब्रिटेन र फ्रान्सले अफ्रिकालाई एक आपसमा बाँड्ने गरी सम्झौता गरेका थिए ।

२. सन् १९६२ को अगष्ट ५ तारिखकै दिन प्रख्यात अमेरिकन गायिका, मोडेल तथा अभिनेत्री मेरिलिन मुनरोको लस एञ्जल्सस्थीत आफ्नै अपार्टमेन्टको सैयन कक्षामा मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत शरीर नजिकै स्लीपिङ पिल्स भेटिएको थियो । यो घटना शंकाष्पद भएपनि यसलाई आत्माहत्याको रुपमा लिइयो ।

American Actress, Model and Singer Marilyn Monroe

३. सन् १९८१ को अगष्ट ५ तारिखकै दिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले हड्ताली  ११,५०० जना एयर ट्राफिक कन्ट्रोलरहरुलाई कामबाट निष्काशन गरेका थिए ।

  • अगष्ट ६

१. सन् १८६९ को अगष्ट ६ तारिखका दिन प्रसा र फ्रान्सबीच चलेको युद्धमा प्रसाले एकै दिन दुई वटा मोर्चामा  फ्रान्सलाई निर्णायक हार चखाएको थियो ।

२. सन् १९४५ को ६ तारिख अर्थात आजकै दिन अमेरिकाद्वारा हिरोसिमा (जापान) मा पहिलो लिटिल ब्वाई नामक आणविक बम प्रहार गरेको थियो । जसको कारण त्यहाँका ७५,००० जनाले तत्काल ज्यान गुमाएका थिए ।

Hiroshima: After the Atomic Bombing

३. त्यस्तै सन् १९६० को अगष्ट ६ तारिख अर्थात आजैको दिन क्युवाले अमेरिकी तथा अन्य विदेशी कम्पनीहरुको क्युवामा रहेको सम्पत्तीलाई राष्ट्रियकरण गरेको थियो ।

Cuba

 

Leave a Reply

Your email address will not be published.