यस्तो बनेर आयो सेड्रिना र अनुभवको ‘बालापनको उमेर’ (भिडियोसहित)

काठमाडौं । फिलम ‘नाई न भन्नु ल ५’को दोस्रो गीत सार्वजनिक भएको छ । यस अघि फिलमको ट्रेलर र पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको थियो । आइतबार युट्युबमा मार्फत यो फिल्मको ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ भने समीक्षा अधिकारीको स्वर रहेको छ । सार्वजनिक गीतमा फिल्मका अनुभव रेग्मी र सेड्रिना शर्माको नृत्य रहेको छ । गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

विकास राज आचार्यको निर्देशनमा बनेको फिल्म ‘नाई नभन्नु ल ५’मा अनुभव र सेड्रिनाको साथमा निरुता सिंह, दिलीप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जय नन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म भदौ ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave a Reply

Your email address will not be published.