५ वर्षमा व्यापारघाटा दोब्बर: सवा १३ खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्ब व्यापारघाटा

काठमाडौं । गत आर्थिक वर्ष २०७४र७५ मा व्यापारघाटा साढे ११ खर्ब रुपियाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिकमा वर्षमा १२ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात गर्दा ८१ अर्ब १९ करोड १६ लाख रुपियाँ बराबरको मात्र निर्यात गरेको छ ।

पछिल्ला आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयात र निर्यातबीचको असन्तुलन बढ्दै गएको छ । ५ वर्ष अवधिमा व्यापारघाटा झण्डै दोब्बरले बढेको भन्सार विभागको तथ्यांक छ । आर्थिक वर्ष २०६९र७० मा ५ खर्ब ३६ अर्ब बराबर रहेको व्यापारघाटा ५ वर्षमा बढेर ११ खर्ब नाघेको छ । वार्षिक रुपमा वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकले व्यहोर्दै आएको व्यापारघाटा पनि बढ्दै गएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.