बैतडी । बैतडीमा रहेको एकमात्र आयल स्टोरले दुई वर्षदेखि पेट्रोल आयात नगर्दा पेट्रोल किन्दा उपभोक्ता चर्को मँल्य तिर्न बाध्य भएका छन् । साथै पेट्रोलमा कालोबजारीसमेत मौलाउँदै गएको छ । पेट्रोलको सरकारी मँल्य १०४ रुपियाँ लिटर भए पनि उपभोक्ताले १३५ देखि १५० रुपियाँसम्म प्रतिलिटर पेट्रोलका लागि तिरिरहेका छन् ।
सतबाँझमा रहेको जिल्लाको एकमात्र भण्डारी आयल स्टोरले पेट्रोल आयात नगर्दा उपभोक्ताले चर्को मँल्य तिरेर पेट्रोल किन्न बाध्य भएको स्थानीयले बताए ।
पेट्रोल पाइन छोडेपछि उपभोक्ता भारतीय सीमावर्ती बजार झुलाघाट तथा बाहिरी जिल्लाबाट ल्याउन बाध्य भएका छन् । यो खबर आजको नेपाल समचारपत्रमा छापिएको छ ।