आज स्वदेश फर्कँदै नेपाली क्रिकेट टोली, सन्दीप सिपिएल खेल्न वेस्ट इन्डिजतर्फ लागे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्कने भएको हो ।

नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो एेतिहासिक जित थियो ।

टोली आज बिहान ८ स् ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने बताइएको छ। नेपालले क्रिकेटको मक्का मानिने इङ्ल्याण्डको लड्समा नेदरल्यान्ड, एमसिसीसंग मैत्रीपुर्र्ण टि–ट्वान्टी सिरिज खेलेको थियोे । जस्मा नेपाल र नेदरल्यान्ड सयुक्त रूपमा बिजयी भएका थिए ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलिका महत्वपूर्ण खेलाडी सन्दीप लामिछाने नेदरल्यान्ड्सबाट क्यारिबियन प्रीमियर लिग सिपिएल खेल्न वेस्ट इन्डिजतर्फ लागेका छन् ।

अगस्ट १ र ३ तारीखमा ऐतिहासिक एक दिवसीय क्रिकेट सिरीज खेल्न नेपाल नेदरल्यान्डस् पुगेको थियो। अब नेपालले अगष्टको २९ देखी मलेसियामा एसिया कप क्रिकेटको छनोटको खेल खेल्ने छ।

पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ। अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएईं)को सामना गर्नेछ।

सेप्टेम्बर १ मा नेपालले आयोजक मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ। ६ राष्ट्र सम्मिलित छनोट खेल सेप्टम्बर ७ सम्म चल्नेछ।

Leave a Reply

Your email address will not be published.