यूनिभर्सल मेडिकल कलेजको लापरवाहीले गयो विद्यार्थीको ज्यान, विद्यार्थी आक्रोशित अस्पतालमा तोडफोड

काठमाडौँ, २० साउन /शिव डुम्रे

भैरहवाको यूनिभर्सल मेडिकल कलेजमै अध्ययनरत विद्यार्थीको नितम्बमा आएको सामान्य पिलोको उपचारको क्रममा निधन भएपछि विद्यार्थीहरुका आक्रोशित बनेका छन् ।

आक्रोशित विद्यार्थीहरूले अस्पताल प्रशासनमा तोडफोड समेत गरेका छन् । कलेजमा विडिएस(डेण्टल) संकायमा अध्ययरत जनकपुर घर भएका महादेव शाहको उपचारको क्रममा भर्ना गरी गलत औषधीको प्रयोगले उनलाई समस्या भएपछि आईसीयूमा राखिएको र आइतबार निधन भएको घोषणा गरेकोले यो लापरबाहीले विद्यार्थीको ज्यान गएको आन्दोलित विद्यार्थीले आरोप लगाएका छन् ।

२४ बर्षिय शाहको उपचार सामान्य भैसकेपछि आकस्मिक श्वास बढ्नु र गलत औषधीको प्रयोग गरिएको भन्दै अस्पतालमा घेराबन्दीसहित नाराबाजी र तोडफोड गरेको ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । आईसियूमा रहेका विरामीको उपचारमा समेत प्रभावित हुनेगरी आन्दोलन उग्र भएपछि प्रहरी परिचालन गरिएको थियो । सो घटना थाहा पाएपछि समाचार संकलनका लागि गएका पत्रकारहरुमाथीसमेत दुव्र्यवहार भएको छ ।

समाचार संकलनका लागि गएका पत्रकारहरुमाथी नै आन्दोलनकारी जाईलागेका थिए, क्यामेरा खोसेर तोडफोड गर्ने समेत गरेपछि पत्रकारहरुलाई समेत भित्र छिर्न दिईएको थिएन् । पत्रकार माथि भएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले विज्ञप्ती निकालेर विरोध गरेको छ ।

अस्पतालमा आक्रोशित विद्यार्थीहरु र प्रहरीविच केही बेर झडपसमेत भएको थियो । प्रहरीले लाँठी चार्ज गरेको थियो भने विद्यार्थीहरुले अस्पतालमाथि आक्रमण गरिरहेका थिए । विद्यार्थीले आईसियू कक्ष, प्रशासन कक्ष तथा टिभी कम्युटर लगायत तोडफोड गरेका थिए । पटकपटक विवादमा आएको सो अस्पतालका मुख्य संचालक खुमा अर्याल हुन्,

Leave a Reply

Your email address will not be published.