चीनले अमेरिकालाई यसरी दियो दवाव, अमेरिकी उत्पादनमाथि अतिरिक्त कर लगाउने

काठमाडौँ, साउन २० – चीनले अमेरिकामा उत्पादित समानहरूमा अतिरिक्त कर लगाउने निर्णय गरेको छ ।

चिनीया आधिकारिक सूचना एजेन्सी सिन्ह्वाले गत शुक्रबार जनाए अनुसार चिनले बनाएको उक्त योजना अनुसार अमेरिकी सामानहरूलाई चीनमा उत्पादित सामानहरूसँग प्रतिस्पर्धा गर्न थप कठीन हुनेछ ।

अतिरिक्त कर लगाइने ५ हजार २ सय ६ किसिमका अमेरिकी उत्पादनहरूमा २०,१५,१० र ५ प्रतिशत गरी चार प्रकारको अलग अलग करको दर निर्धारण गरिने कस्टम ट्यारिफ कमिसन अफ स्टेट काउन्सिलले जनाएको हो । चीनमा अमेरिकाले निर्यात गर्ने यी वस्तुहरूको मूल्य ६० बिलियन डलरको हुने बताइएको छ ।

कस्टम ट्यारिफ कमिसनका अनुसार संयुक्त राज्य अमेरिकाले धेरैवटा द्विपक्षीय वार्ताद्वारा स्वीकारिएको सहमतिलाई अमेरिकी पक्षले उल्लङ्घन गरेकोले चीनले तुरुन्तै यसको प्रतिवाद गर्ने तरिका अपनाउने भएको हो । अमेरिकाले एकपक्षीय रूपमा सम्झौता उल्लङ्घन गर्दा चीन र चिनीया जनतामाथि गहिरो चोट पुग्न गएको बताइएको छ भने चीनले अमेरिकी कदमको प्रतिवाद गरेपछि विश्व अर्थतन्त्रमा नकारात्मक असर पर्न जानेछ ।

चीनले आफ्नो वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि यस्तो कदम उठाउन बाध्य भएको समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.