हृदयघातका कारण काङ्ग्रेसका जिल्ला सभापति पंगेनीको मृत्यु

स्याङ्जा । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६ः३० बजे उहाँको निधन भएको हो ।

नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए ।

एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

उनी २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्वर दुईबाट सभासदमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.