प्रचार प्रसारको क्रममा सन्तोष सेनको ‘मेरी मामु’ टिम पूर्वको धरान र पश्चिममा

काठमाडौं । आगामी भदौ १५ देखि प्रदर्शनमा आउने फिल्म ‘मेरी मामु’को टिम यतिबेला देशभर प्रचार प्रसारमा दौडिरहेको छ । सन्तोष सेन निर्मित तथा यम थापा निर्देशित बाल मनोबिज्ञानमा आधारित यो फिल्मको प्रमोशनका लागि अनेक तरिका अपनाईरहेको छ । यसैबिच विभिन्न स्कुलहरुमा गएर फिल्मको प्रचार गर्ने क्रममा ‘मेरी मामु’को एक टोली यतिबेला पुर्वमा छ, भने अर्को टोली पश्चिममा रहेको छ ।

काठमाडौ र देशका मुख्य शहरहरुमा प्रोजेक्टर क्याम्पियन पनि चलिरहेको छ । जस अन्तर्गत फिल्मको प्रचार सामग्रीहरु जनताको भिडभाड हुने ठाउँमा प्रोजेक्टरमा देखाईनेछ । यसैबिच पुर्वी नेपालको स्कुल क्याम्पियनमा रहेको ‘मेरी मामु’ टोलीले धरानका पत्रकाहरुसहित प्रेसमिट गरेको छ । प्रेसमिटमा निर्माता सन्तोष सेन, फिल्मका मुख्य कलाकारहरु आयुब सेन र कुसुम गुरुङका साथमा गायक सागर सन्सार राई र भिजे तथा कलाकार शिशिर भण्डारीले फिल्मको बारेमा बताएका थिए ।

पत्रकारहरुको प्रश्नको उत्तर दिदै निर्माता सेनले ‘मेरी मामु’मा हालसम्म १ करोड लगानी भैसकेको र प्रोमोशन सहित डेढ करोड लगानी पुग्ने बताए । नायिका कुसुमले आफ्नो कामलाई दर्शकले रुचाउने बिश्वास लिएकी बताईन् । फिल्मको पश्चिम प्रोमोशनमा फिल्मका अन्य कलाकारहरु अश्लेषा ठकुरी, सारुक ताम्राकार, पब्लिसिटि डिजाईनर किरण आचार्य आदि रहेका छन् । मेरी मामुको ट्रेलर साउन २५ गते सार्वजनिक हुनेछ । फिल्मको ‘आमा’ गीत रिलिज भइसकेको छ, जहाँ बाल कलाकार आयुव सेनको अभिनयलाई चौतर्फी तारिफ मिलिररहेको छ ।

Leave a Reply

Your email address will not be published.