आजबाट बिदामा बस्दै प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी

काठमाडौं । आज (आइतबार) बाट प्रधानन्यायधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशी बिदामा बस्दैछन् ।

उनी संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर बिदामा बस्न लागेका हुन्। स्रोतले जानकारी दिए अनुसार संवैधानिक परिषद्ले नयाँ प्रधानन्याधीशको टुंगो लगाएपछि मात्र जोशीले राजीनामाबारे निर्णय गर्ने योजना बनाएका छन् ।

राष्ट्रपति कार्यालयबाट जोशीको १५ दिनको बिदा स्वीकृत भइसकेको छ । गत शुक्रबार संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेका जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको बैठकद्वारा अस्वीकृत गरेको थियो ।

जोशीको शैक्षिक प्रमाणपत्रको विवाद, साथै विवादास्पद फैसला गरेको तथा सुनुवाईका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै उनलाई अस्वीकृत गर्ने निर्णय गरेको थियो । सरकारले जोशीलाई राजीनामा दिन समेत अप्रत्यक्ष रुपमा दबाब दिईसकेको छ । यसै सन्दर्भमा जोशीले आफ्ना शैक्षिक प्रमाणपत्रबारे स्वतन्त्र रुपमा छानिबन गर्न माग गरेका छन् ।

जोशी बिदामा बसेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नेछन् । भावी प्रधानन्याधीश हुने मिश्र कै सम्भावना छ । तसर्थ मिश्रले पनि कामु जोशीले जस्तै कतिपय विवादास्पद फैसलाहरु गरेका छन्।

Leave a Reply

Your email address will not be published.