कास्की : गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ ।