जोशीलाई प्रधानन्यायाधीश नबनाएपछि कांग्रेसले गर्ने भए अन्तर्राष्ट्रियकरण

काठमाडौं । दुईतिहाइ मतको आडमा सरकारले न्यायालय समेत कब्जा गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने जनाएको छ ।

दीपकराज जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सभापति शेरबहादुर देउवा निवासमा शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको थियो । बैठकले सत्तारुढ नेकपाले दुईतिहाइका बलमा गरेको निर्णयलाई संसद, सडक हुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.