4th August

१. सन् १७८९ अगस्त ४ आजैका दिन फ्रान्सको संविधानसभाले कुलीन वर्गको विशेषाधिकार हटाएर सामन्तवादी व्यवस्थाको अन्त्य गरेको थियो ।

२. सन् १९४२ अगस्त ४ मा आजैको दिन ब्रिटिश सरकारले मोहनदास करमचन्द गान्धी र उनको काँग्रेस पार्टीमाथि जापानको स्तुतीकरण गरेको आरोप लगाएको थियो ।

३. सन् १९७५ अगस्त ४ आजैका दिनमा जापानको रेड आर्मी (जापानी भाषामा जेंग कुरेन)ले मलेसियाको एउटा बिल्डिंगमा आक्रमण गरी ५२ जना अमेरिकी, स्विडिस, जापानी र क्यानेडियन नागरिकहरूलाई बन्धक बनाएका थिए । उक्त भवनमा उपरोक्त चारै देशको दूतावास रहेको थियो । बन्धकहरूलाई जेलमा रहेका जापानी रेड आर्मीको बदलामा रिहा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.