आज प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ हुँदै

काठमाडौं। संसदीय सुनुवाई विशेष समितिको बैठक आज पनि बस्दैछ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा निर्णय गर्न आज पनि समितिको बैठक बस्ने भएको हो । जोशीको विषयमा निर्णय गर्न अड्किँदा एक सातादेखि सुनुवाई समितिको बैठक लम्बिएको छ । जोशीको शैक्षिक प्रमाणपत्र र उहाँले विगतमा गरेका केही फैसलाका बारेमा समितिमा उजुरीहरु परेका थिए ।

उनको नियुक्तिलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिने जिम्मेवारी पाएको संसदीय विशेष सुनुवाइ समितिको बैठक तेश्रो पटक सम्म सारिएको थियो । आज बस्ने बैठकले जोशीलाई अनुमोदन गर्नेरनगर्ने बारे निर्णय गर्नेछ ।

यस्तै, समितिले थप अनुसन्धानका लागि उपसमिति गठन गरेर उपसमितिको अनुसन्धान पछि मात्रै निर्णय लिने तयारी समेत गरिएको समिति सदस्य अमृता थापाले जानकारी दिनुभयो । बैठक १० बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published.