काठमाडौं । फिल्म ‘राम कहानी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, जीतु नेपाल, केदार घिमिरे, विल्सन बिक्रम राई लगाएतलाई प्रस्तुत गरिएको छ ।
फिल्मको ट्रेलरमा कमेडी लभस्टोरी र केही हरर् दृश्यहरुलाई प्रस्तुत गरिको छ । यो फिल्म भदौ २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
फिल्ममा पूजा, आकाश, केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मको कथा सुदर्शन थापाको रहेको छ, भने निर्देशन पनि थापाको आफ्नै रहेको छ ।