वीरगन्ज। संचालकलाई प्रत्यक्ष लाभ हुनेगरी वीरगन्ज महानगरपालिकाले वीरगन्ज–१५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेजबाट बुझिलिएको करको पुर्नमुल्यांकन हुने भएको छ।
लामो समय कर बक्यौता राख्नेलाई जरिवाना लगाउने ठाउँमा पाँच करोड रुपैयाँभन्दा बढी अघोषित छुट दिएको भन्दै यस प्रकरणमा महानगरपालिकाको निर्णयको चौतर्फी आलोचना भएपछि करको पुर्नमुल्यांकन गर्न लागेको हो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।