हेटौंडा। नेपालका अन्य जिल्लामध्ये मकवानपुरमा सरकारी स्वामित्वमा बढी जग्गा रहेको पाइएको छ । मुलुकभर ९० हजार छ सय ३० रोपनी (चार करोड ६१ लाख १० हजार सात सय ४१ वर्गमिटर) जग्गा रहँदा मकवानपुरमा आठ हजार छ सय ६६ रोपनी सरकारी जग्गा रहेको बताइएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको हेटौंडा बजारस्थित बनविज्ञान अध्ययन संस्थान र भुटनदेवी मार्गबीचमा बसोबासको रुपमा प्रयोग भएको र चारैतिर कम्पाउण्डले घेरिएको महत्वपूर्ण व्यापारिक काममा प्रयोग हुनसक्ने नेपाल ट्रष्टको जग्गा उपयोगबिहीन छ ।
२०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उहाँको परिवारको सामूहिक हत्यापछि उहाँहरुको नाममा रहेको सम्पतीलाई ट्रष्ट मातहत ल्याउने निर्णयबमोजिम २०६४ मंसिर ६ गते नेपाल ट्रष्टको स्थापना भएको थियो ।
तर, ट्रष्टमातहत आएको भौतिक संरचना र जग्गा/जमिनको व्यवस्थापन गर्न भने निकै गाह्रो परेको छ । आवश्यकता धेरै छ, बजेट निकै न्यून छ । जसका कारण अपेक्षाकृतरुपमा काम हुन सकेको छैन । ट्रष्टको स्वामित्वमा आएको सम्पतीको उचित व्यवस्थापन, सञ्चालन गरी राष्ट्रको सर्वोत्तम हितलाई ध्यान दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउने मुख्य लक्ष्य ट्रष्टले लिएको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रले लेखेकाे छ ।