चिन र नेपालको सम्बन्ध अझ माथिल्लो उचाईमा लैजानुपर्ने – पम्फा भुषाल

काठमाडौँ १४ साउन,

सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमले आयोजना गरेको एक समारोहमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुषालले नेपाल र चिनबीच रहेको अहिलेको सम्बन्ध अझ माथि उठ्नुपर्ने बताएकी छिन् । भूकम्पमा नेपाललाई चिनले गरेको सहयोग प्रशंसनीय रहेको भन्दै नेपालले मित्र राष्ट्र चिनसंगको सम्बन्धलाई महत्वको साथ लिएको भुषालको भनाई रहेको थियो ।

उक्त समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री जेङ जेगुआङ पनि उपस्थित थिए । नेपालको राजनीतिक र आर्थिक विकासक्रमलाई चिनले नजिकबाट हेरेको भन्दै नेपाल चिनबीच आदानप्रदान हुने सहयोगलाई अझ माथिल्लो स्तरमा पुर्याउनुपर्ने उपमन्त्री जेङको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published.