‘स्टार होइन, एक्टर बनेर लन्च हुन चाहन्छु’: सुहाना

काठमाडौं । बलिउडका किङ खान शाहरुखकी छोरी सुहाना जहिल्यै पनि चर्चामा रहँदै आएकी छन् । १८ वर्षीय सुहाना आफ्नो एक्टिङ करियरलाई लिएर निकै कन्फिडेन्ट छन् ।

अहिले सुहनाको बलिउड इन्ट्रीको चर्चा चलिरहेको छ, तर सुहानाले पुरा तयारीको साथमा बलिउडमा इन्ट्री गर्ने सोच बनाएकी छन् । सुहानाले वोग म्यागजीनलाई आफ्नो पहिलो फोटोसुट गराएकी छन्, भने साथमा यसै म्यागजीनलाई आफ्नो पहिलो अन्तर्वार्ता पनि दिएकी छन् ।

 

सुहानाले पहिलो अन्तार्वार्तामा आफ्नो फोटोसुटको कुरालाई लिएर भनेकी छन्, ‘मलाई यस कभर सुट गर्न निकै मज्जा आयो । खासमा यहाँ मलाई डान्स गर्नु थियो । मलाई डान्स गर्न निकै मनपर्छ र यसमा मज्जा पनि भयो । म निकै खुसी थिए, जब यो कुरालाई लिएर मलाई मेरो आमा( बुबाले भनेका थिए । मैले तुरुन्तै हुन्छ भन्न मन लागेको थियो, तर मलाई बुबा (आमाले सोच्न भनेका थिए । उनीहरु चाहन्थे कि म यस प्रोजेक्टबाट निकै कन्फिडेन्ट हाँसिल गर्न सकुँ ।’

 

अहिले सुहानाले इङ्गल्याण्डमा सुहानाले पढिरहेकी छन् । अहिले उनै शाहरुखको छोरा र सुहानाका भाई आर्यन लास एन्जल्समा फिल्म मेकिङको पढाई गरिरहेका छन् । सुहानाले आफ्नो पढाईपछि लास एन्जल्समा आफ्नो भाईको साथमा एक्टिङको एक कोर्ष गर्नका लागि तयारी गरिरहेकी छन् ।

आफ्नो एक्टिङ करियरमाथि सुहानाले भनिन्, ‘मैले कहिल्यै यसको बारेमा फैसला गरिन । म सुरुवातिको दिन देखिनै यस क्षेत्रमा विस्तारै विस्तारै बढिरहेकी छु । तर मेरो आमा बुबालाई यो कुरा जब थाहा भयो तब उनीहरुले मेरो पहिलो पर्फमेन्स देखे ।’

बलिउडमा आफ्नो छोरा, छोरीलाई लन्च गर्नका लागि जे पनि गर्न तयार हुन्छन् । तर शाहरुख खान भने आफ्नो छोरीलाई यो क्षेत्रमा लन्च गर्न चाहदैनन् र दिदैनन् पनि । शाहरुखले भनेका छन्, ‘सुहानाले यो कुरामा तयारी गरिरहेकी छैनन् कि उनलाई कुनै फिल्मको हिस्सा मिल्छ ।’

Leave a Reply

Your email address will not be published.