एजेन्सी । सन् १९९१ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सडक’को रिमेक बन्ने भएको छ । ‘सडक’का निर्देशक महेश भट्टले यसको रिमेक बनाउने घोषणा गरेका हुन् ।
ट्रेड एनालिस्ट तरुण आदर्शले आफ्नो अफिसियल एकाउन्टमा सडकको प्रदर्शन मिति समेत पोस्ट गरेका छन् । उनको पोस्ट अनुसार फिल्म २०१९ को नोबेम्बर २ मा रिलिज हुने छ । फिल्म निर्माण घोषणा भएसँगै यसमा रियल कपाल अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट रहन सक्ने बलिउड मिडियाले उल्लेख गरेको छ ।
तर निर्माण पक्षले भने यस बारे केही जानकारी दिएका छैनन् । फिल्म ‘सडक’मा अभिनेता सञ्जय दत्त र अभिनेत्री पूजा भट्टको मुख्य भूमिका रहेको थियो । हलिउड फिल्म ‘ड्राइभर’बाट प्रभावित फिल्म ‘सडक’ हो । सन्जुमा रणबीरले सञ्जय दत्तको भूमिका निभाएको कारण सडकमा उनी हुन सक्ने बताइएको छ ।