साइना बन्नका लागि निरन्तर ब्याडमिन्टन खेल्दै अभिनेत्री श्रद्धा

नयाँ दिल्ली । गत वर्ष व्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिक फिल्म निर्माणको घोषणा भएको थियो । तर निर्देशक अनमोल गुप्ताले यो फिल्मको सुटिङमा कुनै ठूलो प्रगति भने गरेका छैनन् । अहिले यो फिल्ममा साइनाको भुमिका निभाइरहेकी अभिनेत्री श्रद्धा कपुरले केही मिना यता व्याडमिन्टन खेल निरन्तर प्राक्टिस गरिरहेकी छन् । यो फिल्ममा आफ्नो बेष्ट दिनका लागि उनले हरेक प्रकारको तयारी गर्न चाहन्छन् ।

खबर आए अनुसार खेलाडी साइना चाहन्छन् कि आफ्नो भुमिका अभिनेत्री श्रद्धाले निकै गम्भीरता पुर्वत निभाउन् । यसको लागि फिल्म सुरु हुनुपूर्व उनको जीवनको बारेमा राम्रोसँग जानोस् । फिल्मसँग जोडिएको एक सुत्रले बताए अनुसार केही समय पहिलेसम्म अभिनेत्री श्रद्धाले केही पनि जान्दैनन् थिइन् । तर पद्मा भुषण पुरस्कार विजेता खेलाडी साइना अभिनेत्री श्रद्धा र यस फिल्मको युनिटसँग लगातार सम्पर्कमा छन् ।

उनले फिल्मको टिमलाई सक्दो सहयोग गरिरहेकी छन् । यता अभिनेत्री श्रद्धा कपुर पनि आफ्नो भुमिकालाई लिएर निकै जिम्मेदार छन् । सुत्रका अनुसार पछिल्लो २३ दिन देखि लगातार सुटिङ गरिरहेकी छन् । श्रद्धाको साथमा फिल्म ‘बल्ली गुल मिटर चालु’ को लागि पनि दुई ठूला सेड्युअल छ । यो फिल्मलाई निदेश तिवारीले निर्देशन गर्दैछन् । फिल्ममा सुशान्त सिंह राजपुत पनि सँगै देखिनेछन् ।

Leave a Reply

Your email address will not be published.