विराटनगर । एक दशकदेखि अवैधानिकरुपमा भारतले बिराटनगरमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ आज (बुधबार)बाट बन्द भएको छ । नेपाल सरकारको अनुमतिविनै भारतले १० वर्षअघि भारतले सो कार्यालय स्थापना गरेको थियो ।
भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ बाट बिराटनगरको क्याम्पको सबै काम काठमाडौंको दूताबासबाटै हुने जानकारी गराएको छ ।
भारतले सप्तकोशीको बाँध फुटेपछि सोही बाहनामा २०६५ भदौ ४ गते क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो । नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि उक्त कार्यालय खोलिएको थियो । तर, त्यसलाई पछि बिराटनगरमा सारियो र बलजफ्ती राखियो थियो ।
कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।
भारतीय क्याम्प अफिसले बाहिरीरुपमा एकखाले काम गर्ने भने पनि भित्रीरुपमा चाहिँ नेपालको आन्तरिक मामिलामा जासुसीसमेत गर्दै आएको सरकारी अधिकारीहरुले सूचना पाएका थिए