अचानक तापसीलाई पछाडिबाट कसैले गलत नियतले समात्न खोजेपछि….

एजेन्सी । अभिनेत्री तापसी पन्नुको फिल्म ‘मुल्क’ आगामी अगष्ट ३ बाट दर्शकमाझ रिलिजमा आउँदैछ । अहिले तापसीले आफ्नो जन्मदिन मनाईरहेकी छन् । तापसीले यो अवस्थासम्म आईपुग्न धेरै संघर्षहरु गर्नुपरेको थियो । एक ताका उनलाई ब्याड लक हिरोइनको नामले पनि बोलाइन्थ्यो ।

आफ्नो सुरुवाती करियर र संघर्षको बारेमा बताएकी छन् । उनले भनिन्, ‘म कलेजको दिनहरुमा मोडलिङ गरेर एक्स्ट्रा पाकेट मनि कमाउँथे । सिएटि परीक्षामा ८८ प्रतिशत माक्र्स ल्याएकी छु । एमकिए गर्ने सोचमा थिए । तर फिल्मको अफर आयो । त्यसपश्चात मैले तीन वटा फिल्ममा काम गरे, तर सबै फिल्म फ्लप भयो ।’

उनले थपिन्, ‘मलाई फिल्ममा ब्याड लक ल्याउने अभिनेत्री भनेर बोलाउँथे । तपाईलाई म भन्छु, फिल्ममा ठूला एक्टर र निर्देशकहरुले म सँग काम गरे, तर मलाई फिल्ममा ब्याड लक ल्याएको भन्दै आरोप लगाउँथे ।’

त्यस समय अन्य कलाकार फिल्मकर्मीहरु तापसीसँग काम गर्न तयार हुँदैनथे । किनभने उनी एक लिष्ट अभिनेत्री थिइनन् । निर्माताले तापसीलाई फाइनल गरे, डेट पनि फाइनल गरे, तर फिल्मको सुटिङ सुरु हुन केही दिन अगावै अर्की अभिनेत्रीलाई रिप्लेस गरिन्थ्यो । अभिनेता र अभिनेत्रीको समान पारिश्रमिकको कुरा गर्नु पर्दा व्यासिक अमाउन्ट पाउनका लागि पनि लड्नुपर्दथ्यो ।

तापसीले सन् २०१० मा ‘राघवेंद्र राव’ तेलेगु फिल्मबाट आफ्नो अभिनय सुरु गरेकी थिइन् । उनले फिल्म ‘चश्मे बद्दूर’ बाट बलिउडमा डेव्यु गरेकी थिइन् ।

तापसीले फेसबुक पेज ह्युमन्स अफ बाम्बेलाई दिएकी अन्तर्वार्तामा बताएकी छन्, ‘उनलाई पब्लकल्लि छेडछाड भएको छ । केही दिन पहिले दिल्लीमा एक किर्तनमा आएकी थिइन् । भीडको बिचमा बसिरेहकी उनलाई पछाडिबाट एक व्यक्तिले गलत मनसायले समात्न कोशिस गरेका थिए । उनले भनिन्, ‘मैले उनलाई हेरिन पनि । उसको औंला समातेर कस्सेर चिमोटे, उन कराउन थाले ।’

यसै सन्दर्भमा गत वर्ष अन्तराष्ट्रिय महिला दिवसको मौकामा अभिनेत्री तापसीको एक भिडियो भाइरल बनेको थियो ।

 

Leave a Reply

Your email address will not be published.