काभ्रे। नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बढुले नेकपा र नेकपा नेतृत्वको सरकारलाई चुनौती दिदै कांग्रेसलाई नविच्क्याउन चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको सरकार विरुद्धको ¥याली पछिको कोण सभामा बोल्दै नेता बढुले सरकारलाई सच्चिन आग्रह गरे । ‘म सरकारलाई सच्चिन आग्रह गर्दछु, सरकार सच्चिएन भने सरकारको आयु आफैले घटाउँछ, नेपाली काँग्रेसको यो आन्दोलन कास्टिङ्ग मात्रै हो’–नेता बढुले भने–‘ कांग्रेस विरुद्ध जाईलाग्नेको हालत इतिहासले देखाई सकेको छ, कांग्रेससँग जाईलाग्ने प्रयास नगर ।’
अघिल्लो देउवा सरकारले गरेका सबै नियुक्ति सदर गर्न, अस्थायी र करार कर्मचारीहरु नहटाउन, संसदमा सभामुख वा उपसभामुख फरक फरक पार्टीको बनाउन नेता बढुले सरकारको ध्यानार्कषण गराए ।
सरकारले न्यायालय माथी समेत हस्तक्षेप गरेको बताउँदै नेता बढुले प्रधानन्यायाधीशको नियुक्ति रोकेर धम्क्याउने प्रयास भएको बताए । कम्युनिष्टहरुलाई चेतावनी दिदै नेता बढुले भने कांग्रेस इतिहासमा राणा र शाह बंशलाई हटाउन सक्ने तागत भएको पार्टी भएकाले कम्युनिष्टहरुको अधिनायकबाद सजिलै हटाउने भएकाले कांग्रेससँग जाईलाग्ने प्रयास नगर्न चेतावनी दिए । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।