एजेन्सी । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘भारत’मा प्रियंका चोपडाको ठाउँमा अर्की अभिनेत्री क्याट्रिना कैफलाई साइन् गराईएको छ । अलि अब्बास जफरले सोमबार मात्रै क्याट्रिनालाई फिल्मको लागि साइन् गरिएको खुलासा गरेका हुन् ।
अहिले आएर अभिनेता सलमानले पनि टुवीट गर्दै आफ्नो फेवरेट अभिनेत्री क्याट्रिनालाई फिल्म ‘भारत’को लागि खास अनदाजमा स्वागत गरेका छन् । सलमानले क्याट्रिनालाई वेलकम गर्दै स्पेशल टुवीट गरेका छन् । उनले लेखेका छन्, ‘एक सुन्दर र सुशिल युवती, जसको नाम क्याट्रिना कैफ..। ‘भारत’को जीन्दगीमा तपाईलाई स्वागत छ ।’
अब फिल्म ‘भारत’मा पनि सलमान र क्याट्रिनाको जोडी देख्न पाइनेछ । यो भन्दा पहिले यो जोडी फिल्म ‘टाइगर जिन्दा है’ मा देखिएका थिए । क्याट्रिना भन्दा पहिलेयो फिल्मको लागि अभिनेत्री प्रियंका चोपडालाई स्वागत गरेका थिए । तर विविभ कारण प्रियंकाले यो फिल्मबाट आफ्नो झिकिसकेकी छन् ।
यो फिल्ममा सलमान र क्याट्रिना कैफको साथमा दिशा पटानी, तब्बु, सुनिल ग्रोवर लगाएत कलाकारहरु मुख्य भुमिकामा रहेछन् । फिल्मलाई अलि अब्बास जफरले निर्देशन गर्दैछन् । यो एक पिरियड ड्रामा फिल्म हो ।