काठमाडौं । फिल्म ‘छक्का पञ्जा ३’ को गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘पहिलो नम्बरमा’ गीतको भिडियो रिलिज भएको हो ।
दीपक राज गिरी, दीपिका प्रसाई, दीपाश्री निरौला, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जीतु नेपाल, बुद्धि तामाङ, स्वस्तीमा खड्का, बर्षा राउतको फिचरिङ रहेको यो गीतलाई डेविड शंकर र बिन्दु परियारले स्वरबद्ध गरेका छन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत हरेको यो गीतलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्ममा दीपक, दीपिका, प्रियंका, केदार, जीतु, नीर शाह, शिबहरी पौडेल, किरण केसी, बुद्धि तामाङ, अनुराग कुँवार, लक्ष्मी गिरी, विल्सन राई, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्मलाई मान कृष्ण महर्जन र शेरबहादुर लामाले खिचेका हुन् । फिल्मको कार्यकरी निर्माताको रुपमा केदार घिमिरे र जीतु नेपाल रहेका छन् ।
फिल्मलाई सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, तारा चन्द्र बजागाई, पुरुषोत्तम प्रधान, दीपेन्द्र खानिया, केशव पौडेल लगाएतले संयुक्त रुपमा निर्माण गरेका हुन् ।