एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले अलि अब्बास जफरको फिल्म ‘भारत’बाट आफ्नो हात झिकिसकेकी छन् । अब यो फिल्ममा सलमान खानको साथमा अन्य अभिनेत्री न देखिने भएकी छन् ।
प्रियंकाले ‘भारत’ फिल्म छोड्नुका कारण निक जोन्ससँगको उनको बिहेको तयारी हुँदै गरेको जानकारी गराइएको छ । समाचारमा आएअनुसार प्रियंका र निक यसै वर्षको अक्टोवरमा उनीहरुको बिहे हुनसक्नेछ । रिपोर्टका अनुसार निक र प्रियंकाले तारिखको फाइनल गरेका छन्, भने यसै कारण प्रियंकाले फिल्मको साइनिङ अमाउण्ट फिर्ता गर्नु परेको छ ।
मिडडेसँग कुरा गर्दै निखिलले भने, ‘प्रियंकाले दुई दिन पहिले हामीलाई जानकारी गराईन् कि उनकोबिहेको कारण उनले फिल्म छोड्नुप¥यो । उनको यो कुरा अनप्रोफेशनल थियो ।’
यो फिल्मबाट प्रियंकाले हात निकालेपछि अर्की अभिनेत्री क्याट्रिना कैफलाई लिने कुरा भईहरेको छ । यो फिल्ममा दिशा पटानी पनि मुख्य भुमिकामा छन् । उनी सलमानको बहिनीको भुमिकामा देखिनेछन् ।