काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वसांसद ओमदेवी मल्ल नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेकी छन्। मल्ललाई प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई नेकपामा स्वागत गरेका छन्।
राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्षसमेत रहेकी मल्ल संविधानसभामा कांग्रेसको तर्फबाट सभासद भएकी थिइन्। उनीसँगै अन्य तीनजना सहकारीकर्मीलाई नेकपामा प्रवेश गरेका हुन्।
मल्लले कांग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकाले नेकपामा प्रवेश गरेको खबर अन्नपुर्ण पोष्टमा छ ।