वर्षा पाउन अनुप र प्रशान्तको लडाँई (भिडियोसहित)

काठमाडौं । फिल्म ‘जय शम्भु’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेत्री वर्षा शिवाकोटी, अनुप बिक्रम शाही र प्रशान्त ताम्राकारलाई प्रस्तुत गरिएको छ । जहाँ वर्षाका पाउनका लागि अनुप र प्रशान्तको भिडिरहेका हुन्छन् ।

सार्वजनिक ट्रेलर अनुसार यो फिल्ममा एक्शन र लभस्टोरीको कथालाई पर्दामा प्रस्तुत गरिएको छ । यो फिल्म आगामी भदौबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्ममा अनुप, वर्षा र प्रशान्तका साथै रोशन महर्जन, करुणा पाण्डे लगाएतको मुख्य भुमिका रहेको छ ।

फिल्मलाई रुपेश तामाङले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्मको कार्यकारी निर्माताको रुपमा चक्र तामाङ रहेका छन्, भने निर्माताकोरुपमा अर्विन्द्र मान शाक्य रहरेका छन् ।
साथै, सहायक निर्माताको रुपमा शिक्षा काफ्ले र कुशल शर्मा रहेका छन् । फिल्ममा टंक बुढाथोकीको संगीत रहेको छ ।

Leave a Reply

Your email address will not be published.