काठमाडौँ । ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो ।
राजमार्ग सम्पन्न भएपछि मुग्लिन–नारायणगढ सडकको यात्रा दूरी पनि छोटिएको छ । अब ३५ मिनेटमा यो राजमार्ग पार गर्न सकिन्छ । राजमार्ग औसत ६० किलोमिटर प्रतिघन्टाको गतिमा सवारी चल्न सकिने गरी बनाइएको नयाँ पत्रिकामा खबर छ ।
विश्वबैंकको करिब ३ अर्ब ९० करोड ९३६ मिलियन अमेरिकी डलर० सहयोगमा सडक निर्माण भएको हो । यो नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन परियोजना ९एनआइआरटिटिपी०अन्तर्गत निर्माण भएको हो । सो परियोजनामा कुल १० अर्ब रुपैयाँ लगानी गरिएको थियो ।