हिरासतमै यातना दिएर हत्या गरेको अभियोगमा दुर्इ प्रहरीलार्इ मृत्युदण्ड !

एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा १३ वर्षअघि एक व्यक्तिलार्इ प्रहरी हिरासतमा यातना दिएरै हत्या गरिएको अभियोगमा दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ।

चोरीको आशंकामा समातिएका २६ वर्षीय युवक उदयकुमारलाई हिरासतमै ज्यान जाने गरी यातना दिइएको अदालतले ठहर गरेको हो।

मृतककी आमा

केन्द्रीय जाँच ब्यूरो (सीबीआई) अन्तरगतको एक विशेष अदालतले बुधबार मृत्युदण्डको फैसला सुनाइएका दुर्इमध्ये एक प्रहरीको भने फैसलाअघि नै मृत्यु भइसकेको छ । केरलामा यसरी हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो घटना हो। अदालतले अन्य दुई वरिष्ठ अधिकारीहरूलाई सो घटना ढाकछोप गर्ने खोजेको भन्दै तीन वर्ष कारावासको सजाय सुनाएको छ।

सन् २००५ को सेप्टेम्बरमा उदयकुमारलार्इ हिरासतमा लिएपछि फलामको रडले हिर्काउँदा उनको मृत्यु भएको थियो । तेह्र वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमा प्रभावतीले बुधबारको फैसलाबाट आफूलार्इ राहत पुगेको बताइन् । अदालतको फैसलाको स्वागत गर्दै उनले ईश्वरले एउटी आमाको पुकार सुनेको प्रतिक्रिया दिइन्।

Leave a Reply

Your email address will not be published.