रसुवा। रसुवा उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला हो । तिब्बतबाट बगेर आउने ठूला नदीको कारण रसुवा जलस्रोतमा धनी मानिन्छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले चिनिन्छ । त्रिशूली नदी कोरिडोरको जलस्रोत उपयोग गरी २ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।
भोट अर्थात् तिब्बत (चाइना) बाट छुट्टिने बित्तिकै करिब ४ सय मिटर तल रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको छ, १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना । आयोजना रसुवाबासीको लागि मात्र नभई समग्र देशको आर्थिक विकाससँग जोडिएको छ ।
राजधानी काठमाडौंबाट १ सय ५० किलोमिटर उत्तरमा अवस्थित यस आयोजनाका सबै संरचना रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित थुमनमा निर्माण भइरहेको छ । रसुवागढी हाइड्रो पावर चिलिमे जलविद्युत कम्पनी र नेपाल विद्युत प्राधिकरबाट प्रवद्र्धित कम्पनी हो । चिलिमेले २०६० सालमा रसुवामा पहिलो पटक २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना निर्माण गरेको थियो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।