काठमाडौं । सरकाले नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापालाई कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। प्रधान सेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ गते सकिदै छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २५ गतेबाट लागु हुनेगरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति समक्ष थापाको नाम सिफारिस गरेको हो। सेनापतिको अवकास भन्दा एक महिनाअघि बिदा बस्ने प्रचलन अनुसार सेनापति क्षत्री साउन २४ गतेदेखि बिदामा बस्दै छन्।
एक महिनासम्म कामु प्रधानसेनापति बन्ने थापाले भदौ २५ पछि प्रधानसेनापतिको जिम्मेवारी पाउनेछन्। नेपाली सेनामा थापा प्रधान सेनापतिका एक्ला दाबेदार हुन्।