एजेन्सी । बलिउडका दवांग सलमान खानको आगामी फिल्म ‘भारत’बाट अभिनेत्री प्रियंका चोपडाले हात झिकेकी छन् । यसै फिल्मलाई निर्देशन गर्दै गरेका अलि अब्बास जफरले यो कुराको खुलासा गरेका हुन् ।
यसै फिल्मबाट अभिनेत्री चोपडाले बलिउडमा दुई वर्षपछि कमब्याक गर्ने वालामा थिइन् । निर्देशक अलि अब्बास जफरले ट्वीट गर्दै लेखेका छन्, ‘हो प्रियंका चोपडा ‘भारत’ फिल्मको हिस्सा रहिनन् । फिल्ममा उनी नहुनुको कारण स्पेशल छ । प्रियंकाले हामीलाई आफ्नो फैसला अन्त्यमा आएर सुनाईन् । उनको लागि हामी निकै खुसी छौं । ‘भारत’ फिल्मको टिमले प्रियंका खुसीको लागि याचना गछौं ।’
एक दशकपछि अभिनेता खान र प्रियंका पुनः एकसाथ पर्दामा आउने वालामा थिए । केही मिडिया रिपोर्टका अनुसार, अभिनेत्री प्रियंका चोपडाले आफ्नो व्वई फ्रेण्ड निक जोन्ससँग विहे गर्ने भएकीले फिल्मबाट हात झिकेकी बताइएको छ । त्यस्तै, अर्को रिपोर्टका अनुसार प्रियंकाले अरु ठूलो एक प्रोजेक्टमा साइन् गरेकी छन् । सोही कारण सलमान खानको ‘भारत’बाट प्रियंकाले आफ्नो हात झिकेकी बताइएको छ ।
तर प्रियंकाले फिल्मबाट हात झिक्नुको मुख्य कारण के हो भन्ने कुरामा अझैँ पनि पुष्टि भएको छैन, किन भने फिल्ममेकर्स र प्रियंकाको तर्फबाट कुनै पनि बयान हामीसामु आएको छैन ।
‘भारत’ फिल्मको सुटिङ सुरु भइसकेको छ । यो फिल्ममा सलमान खानको साथमा दिशा पटानी, तब्बु लागतएका मुख्य भुमिकामा रहेका छन् ।
Yes Priyanka Chopra is no more part of @Bharat_TheFilm & and the reason is very very special , she told us in the Nick of time about her decision and we are very happy for her … Team Bharat wishes @priyankachopra loads of love & happiness for life 😊😉😍
— ali abbas zafar (@aliabbaszafar) July 27, 2018