काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो फिल्म ‘कायरा’ को प्रचार प्रसारमा व्यस्त छन् । फिल्म रिलिज हुन एक साता मात्र बाँकी रहेको छ । उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि साथ दिइरहेकी छन् ।
यो फिल्मको ट्रेलर र एउटा गीतले राम्रै हाइप बनाइरहेको छ । यसका साथै फिल्म रिलिजको एक साता अगाडि ‘यो त माया हो’ बोलको अर्को नयाँ गीत पनि सार्वजनिक गरिएको छ ।
फिलिपिन्समा खिचिएको गीतको भिडियोमा मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिएको छ । सुगम पोख्रेल र श्रेया सोताङको आवाज रहेको गीतमा नरेश भट्टरार्इको शब्द, कल्याण सिंहको संगीत छ ।
फिलल्लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा केदार भुषालको पटकथा तथा संवाद, शिवराम श्रेष्ठको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी छ ।
आर्यन सिग्देलकै कथा रहेको फिल्ममा कार्यकारी निर्माता राजकुमार भट्ट हुन् । साउनको १८ गतेबाट यो फिल्म दर्शकमाझ रिलिजमा आउँदैछ ।