फिल्म निर्माणको तयारीमा धुर्मुस-सुन्तली

काठमाडौं । हास्यकलाकार जोडी सिताराम कटेल(धुर्मुस) र पत्नी कुञ्जना घिमिरे (सुन्तली) यतिखेर फिल्म निर्माणको तयारीमा लागेका छन् । उनीहरुको यस फिल्मको नाम केही दिन अघि मात्र चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

‘धुर्मुस सुन्तली ले निर्माण गर्न लागेको फिल्मको नाम ‘एन्टीभाइरस’ जुराईएको छ । पछि फेरबदल हुनसक्ने बताइएको छ । समाचारमा आएअनुसार यसै फिल्मको लागि अभिनेता प्रदिप खड्कालाई प्रस्ताव गरिएको छ ।

हाँस्यप्रधान कथामा आधारीत हुने फिल्मको यति खेर स्क्रिप्ट लेखनको लागि धुर्मुस दम्पत्ती पोखरामा छन् । फिल्ममा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’,लगायत रहने बताईएको छ ।

फिल्म निर्माणसँगै सामाजिक कार्यमा पनि आफ्नो निरन्तरता जारी धुर्मुसको भनाई रहरेको छ ।

Leave a Reply

Your email address will not be published.