फिल्म ‘पण्डित बाजेको लौरी’ प्रदर्शन तत्काल रोक्न बादी समुदायको चेतावनी

काठमाडौं । साउन ४ गतेबाट रिलीजमा आएको फिल्म ‘पण्डित बाजेको लौरी’को प्रदर्शन तत्काल रोक्न बादी समुदायले माग गरेको छ । बादी समुदायको कथामा आधारित फिल्म ‘पण्डित बाजेको लौरी’मा यस समुदायलाई होच्याउने शब्दहरु प्रयोग भएको भन्दै फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

परिषदका अध्यक्ष केशव नेपाली (बादी) ले फिल्मसँगै सरस्वती प्रतिक्षाको ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ नामक उपन्यासमा बादी समुदायलाई ठेस लाग्ने, लान्छाना, भेदभाव देखिने शब्दहरु प्रयोग भएकाले सच्याउन आग्रह गरिएको छ । साथै परिषदले फिल्म र उपन्यास नसच्याए ‘जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने’ चेतावनी दिएका छन् । उनी भन्छन्, बादी समुदायले श्रीमतीको देहव्यापार गरेर कमाई खान्छन् भन्ने देखाइएकाले त्यो भर्त्सनायोग्य छ ।

परिषद्ले २०६५ पौष २३ गते नै नेपाल सरकारले बादी समुदायमा रहेको यौन शोषण अन्त्य भएको घोषणा गरिसकेकोमा फिल्म ‘पण्डित बाजेको लौरी’ गरेकोले बादी समुदायको सम्मानमा आँच आउने दृश्य तथा शब्दहरु प्रयोग भएको भन्दै फिल्म तत्काल संशोधन नभए विभेदको विरुद्धमा जस्तोसुकै प्रतिकार गर्न पछि नहट्ने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.