रिडीका युवाले बगरमा तरकारी फलाएरै छाडे !

गुल्मी । गुल्मीको रिडी बजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु देख्न सकिन्छ । यो ठाउँमा गत माघसम्म बालुवा उडेर उभिनै नसक्ने बगर थियो । त्यति बेलासम्म यो ठाउँमा गुल्मीको रिडी बजारको फोहोर र अनावश्यक बस्तु मिल्काउने डम्पीङ्ग साइड थियो ।

जब गत माघे सक्रान्तीको ‘साताव्यापी रिडी मेला’ सकियो । तब रिडी बजारका केही युवाहरुले त्यस स्टलका बाँस र जस्ता पाता दोहरो प्रयोग कसरी गर्ने ? भन्ने बारे विचार विमर्श गरे ।

रिडी बजारमा ठुलै इलोक्ट्रोनिक पसल र त्यहाँका सभ्रान्त परिवार मध्येका एक भए पनि त्यहाँका युवा उजिर खान नयाँ नयाँ प्रयोगकको तरकारी खेत गर्नमा विगत लामो सयम देखि सौैखिन व्यक्ति हुन् ।

यस अघि दुई तीन वटा तरकारी फार्म खोलेर अनुभव संगालेका उनले त्यस बगरमा पनि तरकारी फलाउन सक्ने साथी भाईबीच चर्चा चलाए । वर्षऔं अघि खोलाले नबगाउनु पुर्व त्यो बगर लहलह धान फल्ने खेत थियो ।

‘माथी पो बगर छ, तल गहिराईमा पुग्ने हो भने त उर्वर भुमि नै छ’ भन्ने चर्चा ब्यापक रुपमा चलाए त्यहाँका १४ जना युवाले । त्यसका लागि सम्भवतः जिल्ला मै पहिलो पटक डोप खन्ने मेशिन भित्राए । त्यस मेशिनले तिते करेला रोप्ने डोव खन्न थालियो ।

माघेसक्रान्ती मेलामा प्रयोग भएका स्टलहरुका जस्ता पाताहरुले कम्पाउण्ड बार बन्देज गरियो । त्यस कपाउण्ड भित्र बाँस गाडेर माथि छत समेत बाँस कै बनाईयो । त्यस मेशिनले वगरका धेरै तल रहेको तत्कालिन खेतको उर्वरभुमीसम्म डोवहरु बनाइयो ।

मान्छेका उर्वर खेत र बारी बाँझै भई रहेको समयमा बुढापाकाहरुले खिसि गर्न थाले युवाहरुलाई । ९ वर्षसम्म वैदेशिक रोजकारको अनुभव संगालेका अर्का युवा प्रेम भण्डारीले मेशिन चलाएर डोब पार्न थाले ।

भण्डारी भन्छन् –‘यो हाम्रो नौलो प्रयोग थियो । तर त्यति बेला धेरैले हामीलाई खिसि गरे । ‘बगरमा पनि खेती ?’ तर उनिहरुले बालुवामा उम्रिदैन भन्थे उमारेरै छाड्यौं । फुल्दैन भन्दै फुलाएरै छाड्यौं र फल्दैन भन्थे फलाएरै छाड्यौं ।’

उनले थपे–‘ त्यस्तै ४, ५ क्विन्टल जति बेचिसके र बेच्दै पनि छौं, अर्घानिक तितेकरेला भएकोले मुल्य पनि राम्रै दिएका छन । आगमी माघ महिना पछि फेरी थप बगर विस्तार गर्ने सोचमा छौ ।’

ती १४ जना युवाहरु मध्येका उजिर खान भन्छन –‘हिजो डम्पीङ्ग साईडका रुपमा रहेको खाली बगर र माघे सक्रान्ती मेलाका बाँस र जस्ता पाताको प्रयोग पनि भयो । टाईम पासका लागि क्यारम्वोट र तास खेल्ने युवाहरुले काम पाउँदा धेरै राम्रो भएको छ, हामी खुसी छौं, यो नौलो प्रयोग सफल भएकोमा ।’

उनले डोब खन्ने उक्त मेशिन पनि जिल्लामा पहिलो पटक भित्रिएको र त्यसले धेरै छिटो खन्ने बताए । .उनले सन्तोष ब्यक्त गर्दै भने –‘करिव सवा लाख जति हामीले खर्च गरेका छौं । पहिलो सिजनमा घाटा नै परे पनि वगरमा तरकारी फलाउन सफल भएकोमा आनन्द मिलेको छ ।’

करिब ६ रोपनी क्षेत्र फलमा लहलह तितेकरेला फलेको देखेर हिजो खिसि गर्ने वुढापाकहरु प्नि अचम्मित हुँदै ठिकै गरेका रहेछन् केटाहरुले भनेर भन्न थालेका छन् ।’

रुरु गाउँपालिका वडा नम्बर १ मा पर्ने रिडी बजारका युवाहरुले त्यसरी बगरमा तरकारी खेती गरेर देखाएकोमा त्यस गाउँपालिकाले उनीहरुलाई थप प्रोत्साहित गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.