‘इन्टु मिन्टु लण्डनमा’ को ‘उडायो हावाले’ नयाँ गीत रिलिज (भिडियो)

काठमाडौं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश ‘उडायो हावाले’ गीतको भिडियो रिलिज भएको हो ।

सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र साम्राज्ञि राज्यलक्ष्मी शाहले फिचरिङ गरेका छन् । यो गीतलाई हर्कुलस बस्नेत र निकिता थापाले स्वरबद्ध गरेका छन् ।

यो फिल्म आगामी असोज पाँच गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्मलाई चर्चित कोरियोग्राफर रेनेशा बान्तवा राईले निर्देशन गरेकी हुन् ।
फिल्मका धिरज मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह लगाएत कलाकारहरु मुख्य भुमिकामा रहेका छन् । यसै फिल्मबाट धिरज मगरले आफ्ने फिल्मी करियर सुरु गरेका छन् ।

फिल्मलाई प्रभु एस.बि.जे. राणा र प्रज्वल ए.बि.जे. राणाले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.