काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन नियोजित ‘ग्रण्ड डिजाइन’ रहेको आरोप लगाएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता भट्टराईले डा। केसी राजनीतिक रुपमा अगाडि बढेको टिप्पणी गर्दै सरकार अनशनको ‘ग्रान्ड डिजाइन’मा नफस्ने स्पष्ट पारेका हुन् । केसीको पक्षमा भन्दै सडकमा उत्रिएका दल, संगठन र समूहले सरकारविरुद्ध राजनीतिक घेराबन्दी गर्न खोजेको उनको दावी थियो ।
केसीका मागमा नेपाली कांग्रेसले अनावश्यक राजनीति गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका नेता भट्टराईले माथेमा कार्यदलको प्रतिवेदन र सरकारले सदनमा पेश गरेको चिकित्सा शिक्षा बिधेयकमा भिन्नता नै नरहेको दावी पनि गरे । केसीका मुद्दालाई सञ्चारमाध्यमले समेत अनावश्यक उचालेको भट्टराईको भनाइ थियो ।
केसीले सरकार उपदस्तसम्मको माग गरेको भन्दै नेता भट्टराईले शैक्षिक आवरणमा उठाइएका त्यस्ता माग कुनै दलको आडमा उठाइएको त होइन भन्ने प्रश्नसमेत गरे। कांग्रेसलाई सत्तामा जान हतारो भएपनि उसले कम्तिमा पाँच बर्ष धैर्य गर्नुपर्ने उनको भनाइ थियो ।