काठमाडौं । सर्वोच्च अदालतले सर्बोच्च अदालत, उच्च अदालतहरु र जिल्ला अदालतहरुकोे आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रगति समीक्षा सार्वजनिक गरेको छ ।
साउन ६, ७ र ८ गते उच्च अदालत पाटनमा सम्पन्न भएको समीक्षा कार्यक्रममा भएका प्रस्तुतिहरुको आधारमा तिनै तहका अदालतहरुले निर्धारण गरेको वार्षिक लक्ष्यको ८० दशमलव ०८ प्रतिशत प्रगति हासिल गर्न सफल भएको बताएको छ ।
सर्बोच्च, उच्च र जिल्ला अदालतहरुमा आर्थिकवर्ष २०७४÷७५ मा मुद्दाको जम्मा लगत २ लाख १२ हजार ३ सय ९७ भएकोमा १ लाख २० हजार १ सय ८९ अर्थात ५६ दशमलव ५९प्रतिशत फछ्र्यौट भई आर्थिक वर्षको अन्त्यमा ९२ हजार २ सय ७ मुद्दा आगामी वर्षको लागि जिम्मेवारी सरि आएको जनाएको छ ।
अदालतगत हेर्नुपर्दा अर्थिक वर्ष २०७४÷७५ मा सर्बोच्च अदालतले कुल मुद्दाको ६१ प्रतिशत, उच्च अदालतहरुले ८० प्रतिशत र जिल्ला अदालतहरुले ८४ प्रतिशत उपलब्धि हासिल गर्न सफल भएको बताइएको छ ।
गत आर्थिक वर्षमा सम्पन्न भएको निर्वाचनहरुमा न्यायाधीश लगाएत अदालतका कर्मचारीहरु खटिनु परेको, जनशक्ति आपूर्ति र स्रोत साधनमा कमी लगायतका बिभिन्न समस्याका बाबजुद पनि मुद्दा फछर्यौैटको अवस्था उत्साहप्रद रहेको निष्कर्ष अदालतले निकालेको छ ।