काठमाडौं । बिकासराज आचार्यको ‘नाई नभुन्नु ल’ फिल्मको पाँचौं सिरिज ‘नाई नभन्नु ५’ को गीत रिलिज भएको छ । फिल्ममा समावेश पछिल्लो पुस्ताका चर्चित गायिका मेलिना राईको सुमधुर आवाजमा सजिएको ‘तिम्रो आँखामा आँखा जुधाई’ गीतको भिडियो सार्वजनिक भएको हो ।
यो गीतको भिडियोमा अभिनेत्री स्वस्तीमा खड्का र नव नायक अभिषेक नेपालको फिचरिङ रहेको छ । गीतको भिडियोलाई सिन्धुली र पूर्वका रमणीण ठाउँहरुमा छायाङ्कन गरिएको छ । दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीतमा गीतलाई संजिब बराईलीले एरेञ्ज गरेका हुन् ।
यो फिल्मलाई वान टाइम सिनेमाको प्रस्तुतीमा बिकासराज आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा निरुता सिंह, दिलिप रायमाझि, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तीमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल, सेड्रिना शर्मा लगाए कलाकारहरुको मुख्य भुमिका रहेको छ । यसै ‘नाई नभन्नु ल ५’बाट अभिषेक र सेड्रिनाले आ(आफ्नो फिल्मी करियर सुरु गरेका छन् ।
लभस्टोरीमा बनेको यो फिलममा पुरुसोक्तम प्रधानको सिनेमाटोग्रफी, अर्जुन जिसी र नकुल खड्काको सम्पादन र कबिराज गहतराजको कोरियोग्राफि रहेको छ ।
फिल्मलाई सामिप्य राव तिमिल्सीना र निर्देशक आचार्यले लेखेका हुन् । फिल्मलाई हरिबोल भण्डारी र गौरी राज जोशीले निर्माण गरेका हुन् ।