भोमन कटुवालको ‘झमकबहादुर’को सम्पूर्ण गीत एकसाथ

काठमाडौं । अभिनेता अनुप बिक्रम शाहीको मुख्य भूमिका रहेको फिल्म ‘झमकबहादुर’को सम्पूर्ण गीत एकसाथ आएको छ । अडियो जुबक्समार्फत निर्माण युनिटले सबै गीत एकसाथ सार्वजनिक गरेको हो ।

जुबक्समा फिल्मको टाईटल गीतसहित ‘मृग नयनी तिमो आँखामा हराउन पाउँ’ र एक समय चर्चामा रहेको गीत ‘आम्मैले भन्थिन् धाराको पानी’ बोलको गीत आएका हुन् । ‘आम्मैले भन्थिन् धाराको पानी’लाई रिमिक्स भर्सनमा तयार गरिएको निर्माण युनिटले जनाएको छ । गीतमा शब्द र संगीत कुसुम गजमेर र ओम सुनारको रहेको छ ।

अनुपको अलवा यादव देवकोटा, राजु कमेडी, मिनकुमार तामाङ सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य भूमिका रहेको यो फिल्ममा पवन गौतमको छायाँकन, अनिल मर्हजनको सम्पादन, राजु किरात राईको द्धन्द्ध छ ।

मिन कुमार तामाङ निर्माता र कोपिला कुमारी डल्लाकोटी सह–निर्माता रहेको चलचित्र भोमन कटुवालले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.