साउन ९ गतेः यस्तो छ तपाईको आजको भाग्य

वि.सं. २०७५ साल साउन ९ गते। बुधबार। इश्वी सन् २०१८ जुलाई २५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ । आषाढ शुक्लपक्ष। तिथि– त्रयोदशी, २०:५१ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– मूल, १९:३० बजेउप्रान्त पूर्वाषाढा। योग– ऐन्द्र, ११:०३ बजेउप्रान्त वैधृति। करण– कौलव, ८:०२ बजेदेखि तैतिल, २०:५१ बजेउप्रान्त गर। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३३ घडी ४९ पला। प्रदोष व्रत।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानि हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरि भरपुर रमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति हुने हुदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुनै पनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरु सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारि कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुँनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुँने हुँनाले आफन्त हरु खुसि हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानि गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनितिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाईले शुरु गरेको काममा आफन्त तथा दाजुभाईहरुको सहयोग तथा समर्थन पाईनेछ । व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित बिषयहरु तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई पछि पार्दै तपाईको नाम अग्र स्थानमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलि बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रो सँग परिचालन गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खानपनि सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसाय फस्टाएरु जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका बिशेष रुचि बढ्नेछ भने राजनिति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानि गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई परिमार्जन गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईको कामको प्रशंसा हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले
Chat conversation end
Type a message…

Leave a Reply

Your email address will not be published.