फाइल फोटो

विमानस्थलबाट फेरि समातियो सुन, ५ भारतीय पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलो सुनसहित ५ भारतीयलाई पक्राउ गरेको छ।

थाई एयरको विमान चढेर बैंककबाट आएका हरमिन्दर सिंह बवाजा, अमृत पाल सिंह, इसिवार दास, अवतार सिंहलाई सुटकेशमा लुकाएर ल्याएको सुनसहित र दुबईबाट नेपाल एयरलाइन्समार्फत आएका रिजवान अब्दुल रिज्जाक अन्सारीलाई विस्कुट आकारको ३ थान सुनसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.