एजेन्सी । अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिम इंग्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससँग पराजित भएको छ । पहिलो अभ्यास खेलमा जित हासिल गरेको टोली दोस्रो खेलमा भने १९ रनले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।
नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २७लमबकजस२ विकेट लिएका थिए । सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो । नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपालका लागि अनिल कुमार शाहले ५६ रन, आरिफ शेखले ३४ रन बनाउँदा सोमपाल कामी १६ रनमा अविजीत रहे ।
यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनले हराएको थियो । नेपालको जितमा कप्तान पारस खड्काले १६१ रनको शतकीय पारी खेलेका थिए ।