वार्तापछि उत्तर कोरीयाले कुनै परमाणु प्रक्षेपण नगरेको प्रति ट्रम्प‘अत्यन्त खुशी’

वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्।

अवस्था जे जसरी अगाडि बढिरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताए। “नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्पले भने।

उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विशेष गरेर जापानमा बढी खुशीयाली छाएको र पूरै एसिया नै खुशी भएको बताए।

तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाई छ। आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उनले जानकारी दिए। “त्यो गलत हो, म भने अत्यन्त खुशी छु” उनले पत्रकारहरूसँग सोमबार संक्षिप्त कुराकानीका क्रममा भने।

Leave a Reply

Your email address will not be published.