होटेल स्टाफलाई रोनाल्डोको २६ लाख रुपैयाँ टिप्स

एजेन्सी । हालै इटलीको क्लब युभेन्टससँग अनुबन्धीत भएका पोर्चुगली फूटबल स्टार क्रिस्टियानो रोनाल्डोले ग्रीसको एक होटल स्टाफहरुलाई ठूलो राशीको टिप्स् दिएर अचम्मीत तुल्याईदिएका छन् ।युभेन्टससँग जोडिए सँगै केहि समय छुट्टि मनाउन चीन पुगेका उनी त्यसपछि ग्रीस पुगेका थिए ।

यसैबीचमा उनी ग्रीसमा आरामको लागि बसेको एउटा होटेलको सेवाबाट अत्यन्तै खुशी भएर त्यस होटलका कर्मचारीहरुलाई होटल छाड्नु अघि करीव २६ लाख रुपैयाँ बराबर टिप्स दिएका हुन् । ति स्टाफहरु अचानक ठूलो रकममा टिप्स् पाउँदा आफैं छक्क परे ।

रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी हुन। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमशस् सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.