नेपालमा पनि एलियनको कथामा फिल्म बन्ने

काठमाडौं । नेपालमा पनि एलियनको कथामा फिल्म बन्ने भएको छ । फिल्मको नाम ‘एलियन्स’ राखिएको छ । लोकनाथ गौतमले निर्देशन गर्ने फिल्मको यतिबेला स्क्रिप्ट र लोकेशन हेर्ने काम भइरहेको छ । एलियनको बारे २ वर्षको रिसर्चपछि फिल्म निर्माण गर्न लागिएको हो ।

एलियनको कथा भएका कारण अधिकांश दृश्य एनिमेशन र भिएफएक्स गर्नुपर्ने भएकाले फिल्मको लागत खर्च अत्याधिक हुने निर्देशक गौतमले जानकारी दिए । उच्च मेकिङका लागि भारतबाट प्राविधिक ल्याउने तयारी भइरहेको छ ।

नेपाली फिल्म पनि स्तरिय बन्नु पर्ने र नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्यका साथ उक्त महत्वकांक्षी फिल्म निर्माण गर्ने आँट गरेको निर्देशकले बताए ।

कलाकार र बाँकी टिमसहित चाँडै फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ ।
एलियनको कथामा निर्माण भएको बलिउड अभिनेता ऋतिक रोशन अभिनीत फिल्म ‘कोई मिल गया’ ले बक्सअफिसमा कमाल गरेको थियो । त्यस्तै हलिउडको कुरा गर्ने हो भने एलियनको कथामा ‘एलियन कोवनेन्ट’, ‘गार्डियन्स अफ ग्यालेक्सी’ जस्ता फिल्म निर्माण भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.